अजरबैजान र नेपालबीच कूटनीतिक र व्यापारिक सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड

बिजमाण्डू
२०८२ बैशाख १९ गते ०८:४३ | May 2, 2025
अजरबैजान र नेपालबीच कूटनीतिक र व्यापारिक सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड


काठमाडौं । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेश्नल अफेयर्स (एआईडीआईए)ले ‘अजरबैजानको विदेश नीति : चुनौती र अवसरहरु’ बारे कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा अजरबैजानका उपविदेश मन्त्री एल्नुर मम्मेदोभले आफ्नो देशको विदेश नीतिबारे विचार राखेका थिए।

Tata
GBIME
NLIC

कार्यक्रममा मम्मेदोभले अजरबैजानको शान्ति निर्माण, हरित ऊर्जा परिवर्तन, जलवायु सुरक्षा, डिजिटल सुशासन लगायतका बारेमा बताएका थिए। उनले त्यसक्रममा नेपाल र अजरबैजानबीच बलियो सम्बन्ध बनाउन आह्वान पनि गरेका थिए।

कार्यक्रममा नेपाल अजरबैजान संसदीय कार्यदलकी संयोजक सांसद अन्जन शाक्यले दुई देशबीच व्यापार र कृषिमा साथमा काम गरेर अघि बढ्ने सम्भावना रहेको बताएकी थिइन्। उनले सांस्कृतिक र शैक्षिक आदानप्रदानमा पनि जोड दिइन्।

त्यसक्रममा एआईडीआईएका सुनिल केसीले संस्थापकले नेपाल र अजरबैजानबीचको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएका थिए।