पाँच खेलमा चार हार व्यहोर्दै खराब सुरुवात गरेको मुम्बई पुग्यो शीर्षमा, राजस्थान पराजित

बिजमाण्डू
२०८२ बैशाख १८ गते २३:५८ | May 1, 2025
पाँच खेलमा चार हार व्यहोर्दै खराब सुरुवात गरेको मुम्बई पुग्यो शीर्षमा, राजस्थान पराजित
बुमराहको विकेट सेलिब्रेसन। तस्बिर: आईपीएल


काठमाडौं। मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ। आज सम्पन्न खेलमा राजस्थान रोयल्समाथि १०० रनको फराकिलो जित निकालेको मुम्बई तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

Tata
GBIME
NLIC

प्रतियोगिताको सुरुवाती पाँच मध्ये चार खेलमा हार ब्यहोर्दै खराब सुरुवात गरेको मुम्बईले त्यसपछिका ६ वटा खेलमा शतप्रतिशत जित निकालेसँगै शीर्षमा स्थान बनाएको हो।

राजस्थानको जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा राजस्थानले टस जितेर फिल्डिङ रोजेको थियो।

पहिला ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१७ रन बनायो। मुम्बईका लागि रायल रिकेल्टले सर्वाधिक ६३ रन बनाउँदा रोहित शर्माले ५३ रन बनाए। त्यस्तै सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या समान ४८ रनमा अविजित रहे।

बलिङतर्फ महीश थिक्सना र रियान परागले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १६.१ ओभरमा ११७ रनमा अलआउट भयो। राजस्थानका जोफ्रा आर्चरले ३० रन बनाउँदा रियान परागले १६, यशस्वी जसवालले १३ तथा शिवम दुबेले १५ रन बनाए। बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान ३ विकेट लिँदा जसप्रीत बुमराहले २ तथा दीपक चहर र हार्दिक पाण्ड्याले समान १ विकेट लिए।

योसँगै ११ खेलबाट १४ अंक बनाएको मुम्बई अंकतालिकाको शीर्षस्थानमा छ। समान अंक बनाएको रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दोस्रो स्थानमा छ।