लिभरपुल बन्यो इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन, टोटेनहममाथि रवाफिलो जित

बिजमाण्डू
२०८२ बैशाख १५ गते ०६:४८ | Apr 28, 2025
लिभरपुल बन्यो इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन, टोटेनहममाथि रवाफिलो जित
जितपछिको टिम सेलिब्रेसन। तस्बिर: लिभरपुल एफसी


लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ। गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरलाई ५-१ गोलअन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।

Tata
GBIME

लिभरपुलको घरेलु मैदान एनफिल्डमा ६० हजार बढी समर्थकबीच सम्पन्न खेलमा अग्रता भने टोटेनहमले लिएको थियो। खेलको १२ औँ मिनेटमा डोमिनिक सोलान्केको गोलमा टोटेनहमले अग्रता बनायो।

घरेलु टोलीले लगत्तै पुनरागमन गर्‍यो। १६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै २४ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले टोलीलाई अग्रता दिलाए। त्यस्तै, ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल थप्दा पहिलो हाफमा लिभरपुल ३-१ ले अघि रह्यो।

खेलको ६३ औँ मिनेटमा लिभरपुलका लागि मोहमम्मद सलाहले गोल थपे। त्यस्तै, ६९ औँ मिनेटमा डेस्टिनी उडोगीले आत्मघाती गोल गर्दा लिभरपुल ५-१ गोलको प्रभावशाली जित निकाल्न सफल भयो।

३४ खेल सकिँदा ८२ अंक बनाएको लिभरपुल शीर्षमा रहँदै च्याम्पियन बन्दा दोस्रो स्थानमा समान खेलबाट ६७ अंक बनाएको आर्सनल छ। अर्थात लिभरपुल आर्सनल भन्दा १५ अंकले अघि छ।

लिभरपुलको यो २० औँ प्रिमियर लिग उपाधि हो। म्यानचेस्टर युनाइटेडले पनि २० पटक प्रिमियर लिगको उपाधि जितेको छ।