एनएसएलको फाइनलमा पोखरा र ललितपुर भिड्ने, पहिलोपटक धनगढी फाइनल पुग्न असफल

बिजमाण्डू
२०८२ बैशाख १० गते २१:३६ | Apr 23, 2025
एनएसएलको फाइनलमा पोखरा र ललितपुर भिड्ने, पहिलोपटक धनगढी फाइनल पुग्न असफल
प्रतिस्पर्धामा धनगढी र पोखराका खेलाडी। तस्बिर: एनएसएल


काठमाडौं। पोखरा थण्डर्स पहिलोपटक नेपाल सुपर लिगको फाइनलमा पुगेको छ। बुधबार सम्पन्न दोस्रो क्वालिफायरको खेलमा धनगढी एफसीलाई १-० गोलले हराउँदै पोखरा फाइनलमा पुगेको हो।

Tata
GBIME

अर्कोतर्फ पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल खेलेको धनगढी पहिलोपटक फाइनल पुग्न असफल भयो।  

पहिलो हाफमा खेल बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा पनि बराबरीमा रोकिएको खेल इन्ज्युरी समयमा पोखराले निर्णायक गोल थप्यो।

आयुष घलानले कर्नरबाट गरेको प्रहारलाई हेडरमार्फत गोल गर्दै स्टेफेन बिनोङले पोखराको फाइनल यात्रा सुरक्षित गरे।

अब, ललितपुर सिटी र पोखरा थण्डर्स उपाधिका लागि भिड्नेछन्। खेल शनिबार हुनेछ।

कार्लोस आए रंगशालामा

खेल सुरु हुन अघि उनले म्याच बल रेफ्री प्रज्वल क्षेत्रीलाई दिएका थिए।

खेलको हाफ टाइममा रोबर्टो कार्लोस मैदानमा उत्रिए। उनले ललितपुरसिटीका गोलकिपर समित श्रेष्ठलाई फ्रिकिक प्रहार गरे। जसमा दुई पटक गोल गरेका थिए भने केही श्रेष्ठले बचाए र केही गोलपोस्ट भन्दा माथिबाट गएको थियो।