सुनको मूल्य आज फेरि सर्वाधिक उचाईमा, प्रति तोला एक लाख ८५ हजार रुपैयाँ

बिजमाण्डू
२०८१ चैत्र २९ गते ११:०४ | Apr 11, 2025
सुनको मूल्य आज फेरि सर्वाधिक उचाईमा, प्रति तोला एक लाख ८५ हजार रुपैयाँ


काठमाडौं । सुनको मूल्य बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको छ। साताको अन्तिम दिन आज सुन तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो।

Tata
GBIME
NLIC

आज सुन प्रति तोला एक लाख ८५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार पनि सुन तोलामा ५ हजार ७०० रुपैयाँ बढेर उच्च विन्दुमा पुगेको थियो। बिहीबर सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८१ हजार १०० रुपैयाँ थियो।

सुनको भाउ तीन दिनमा तोलामा ११ हजार ६०० रुपैयाँ बढेको छ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रति तोला एक हजार ९०५ रुपैयाँ कायम छ। बिहीबार चाँदी तोलामा ६५ रुपैयाँ बढेर प्रति तोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस ३२०९.१९ डलर छ। बिहीबार सुन प्रतिऔंस ३१२५.२६ डलर थियो। आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदीको भाउ ३१.३१ डलर छ। बिहीबार चाँदीको मूल्य प्रतिऔंस ३१.१८ डलर थियो।