आईपीएल: दुई हारपछि मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

बिजमाण्डू
२०८१ चैत्र १८ गते २३:०५ | Mar 31, 2025
आईपीएल: दुई हारपछि मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित
कोलकाताविरुद्ध मुम्बईको ब्याटिङ। तस्बिर: आईपीएल


इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ। सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको मुम्बईले तेस्रो खेलमा आज कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको हो।

Tata
GBIME

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले १६.२ ओभरमा अलआउट हुँदै ११६ रन बनाएर अलआउट भयो। कोलकाताका लागि अङकृस रघुवंशीले सर्वाधिक २६ रन बनाउँदा रमनदीप सिंहले २२ तथा मनिष पाण्डेले १९ रन बनाए।

बलिङतर्फ मुम्बईका अश्विनी कुमारले ४ विकेट लिँदा दीपक चहरले २ तथा ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, मिचेल स्यान्टनर र विघ्नेस पुथुरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईका लागि रायन रिकेल्टनले सर्वाधिक अविजित ६२ रन बनाउँदा सूर्यकुमार यादवले अविजित २७ रन बनाए। त्यस्तै, विल ज्याक्सले १६ तथा रोहित शर्माले १३ रन बनाए।

बलिङमा कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए।

यसअघि मुम्बईले चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्ससँग पराजय ब्यहोरेको थियो। अर्कोतर्फ राजस्थान रोयल्सलाई हराएको कोलकाताले रोयल च्यालेन्जर्स बेङ्ग्लुरुलाई हराएको थियो। मंगलबार हुने खेलमा लखनउ सुपर जायन्ट र पञ्जाव किंग्स भिड्दैछन्।