एनएसएल: निर्धारित समयभन्दा १८ मिनेट ढिला गरी सुरु भयो पोखरा र चितवनको खेल

बिजमाण्डू
२०८१ चैत्र १८ गते १८:२८ | Mar 31, 2025
एनएसएल: निर्धारित समयभन्दा १८ मिनेट ढिला गरी सुरु भयो पोखरा र चितवनको खेल
खेल सुरु हुनेसमय सम्म पनि दुबै टोलीका खेलाडी मैदान प्रवेश गरेका थिएनन्।


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को तेस्रो खेल १८ मिनेट ढिला गरी सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ बजे सुरु हुनुपर्ने खेल ६ बजेर १८ मिनेटमा सुरु भएको हो।

Tata
GBIME

खेल ढिला हुनुको कारण आयोजकले खुलाएको छैन। श्रम स्वीकृति कारण भएको बुझिएको छ। यद्यपि, क्लबहरुले सामाजिक सञ्जालमा राखेको प्लेइङ ११ अनुसार नै खेलाडी मैदान उत्रिएको छ।

दुबै टोलीले पाँच विदेशी खेलाडी मैदान उतारेको छ।