
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। बुधबार बसेको संचालक समिति बैठकले सेयरधनीलाई १४.६२ प्रतिशतले हुन आउने ९ करोड ८१ लाख ४९ हजार ५८९.४६ रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १३.८९ प्रतिशतले हुन आउने ९ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्।
कम्पनीले कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख रुपैयाँ छ।