BIZMANDU
www.bizmandu.com

स्वरोजगार लघुवित्तको १४.६२ प्रतिशत लाभांश घोषणा, सेयरधनीले ९.३२ करोडको प्रतिफल पाउने

२०८१ फागुन २२

स्वरोजगार लघुवित्तको १४.६२ प्रतिशत लाभांश घोषणा, सेयरधनीले ९.३२ करोडको प्रतिफल पाउने
स्वरोजगार लघुवित्तको १४.६२ प्रतिशत लाभांश घोषणा, सेयरधनीले ९.३२ करोडको प्रतिफल पाउने


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। बुधबार बसेको संचालक समिति बैठकले सेयरधनीलाई १४.६२ प्रतिशतले हुन आउने ९ करोड ८१ लाख ४९ हजार ५८९.४६ रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

लघुवित्तका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १३.८९ प्रतिशतले हुन आउने ९ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्।

कम्पनीले कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख रुपैयाँ छ।