
काठमाडौं। सुनचाँदीको मूल्यमा आइतबार कुनै घटबढ भएन। मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन गत शुक्रबार प्रति तोला १ लाख ६८ हजार १०० र चाँदी १९१५ रुपैयाँमा कारोबार भएकामा आइतबार पनि त्यही मूल्य निर्धारण भएको छ। शुक्रबार प्रति तोला सुनको मूल्य २२०० र चाँदीको मूल्य ३० रुपैयाँ घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २८५७.९३ डलरले किनबेच भइरहेको छ। यो एक दिनमा २७.३४ डलरले गिरावट आएर कायम भएको भाउ हो। चाँदी प्रति औंस ३१.१७ डलरले कारोबार भइरहेको छ।