सुनको मूल्य लगातार दोस्रो दिन घट्यो, तोलामा २०० रुपैयाँ सस्तियो, बढ्यो चाँदीको भाउ

बिजमाण्डू
२०८१ फागुन १५ गते ११:१७ | Feb 27, 2025
सुनको मूल्य लगातार दोस्रो दिन घट्यो, तोलामा २०० रुपैयाँ सस्तियो, बढ्यो चाँदीको भाउ


काठमाडौं। सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। बिहीबार तोलामा २०० रुपैयाँ घटेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

सुन बुधबार तोलामा ८०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। दुई दिनमा प्रति तोला ४५ रुपैयाँ घटैको चाँदीको भाउ बिहिबार ५ रुपैयाँ बढेर तोलामा एक हजार ९४५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबा सुन प्रति औंस २८९५.७९ डलर र चाँदी प्रति औंस ३१.६५ डलरमा कारोबार भइरहेको छ।