
काठमाडौं। सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। आइतबारका तुलनामा सोमबार सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य सोमबार प्रति तोला १ लाख ७० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
तोलामा ३ सय रुपैयाँ बढ्दा आइतबार प्रति तोला १ लाख ७० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ७० हजार रुपैयाँ कायम थियो। बिहीबार ५०० रुपैयाँ बढ्दा मूल्य १ लाख ७१ हजार तय भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँ बढ्दै १ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ। आइतबार चाँदी तोलामा २० रुपैयाँ घट्दै प्रति तोला १ हजार ९७० रुपैयाँ कायम भएको छ।
शुक्रबार पनि चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार भने १० रुपैयाँ बढेर १ हजार ९९५ रुपैयाँ तय भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ९३९.६१ डलर छ। चाँदी प्रति औंस ३२.६४ डलर छ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९३५.९९ डलर र चाँदी प्रति औंस ३२.५ डलर थियो।