कुमारी बहुउद्देश्यीय सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एकजना पक्राउ

बिजमाण्डू
२०८१ फागुन ९ गते १०:१० | Feb 21, 2025
कुमारी बहुउद्देश्यीय सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एकजना पक्राउ


काठमाडौं । बेनीमा संचालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सागर पौडेलले मंगलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरि म्याद थप भएको जानकारी दिए।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो। उनी सहकारीका पूर्व सञ्चालक हुन्।