बुढानिलकण्ठमा अर्को पनि भारतीय समूहले अनलाइन जुवा खेलाउने गरेको भेटियो, २४ जना पक्राउ

बिजमाण्डू
२०८१ फागुन ६ गते १५:३५ | Feb 18, 2025
बुढानिलकण्ठमा अर्को पनि भारतीय समूहले अनलाइन जुवा खेलाउने गरेको भेटियो, २४ जना पक्राउ


काठमाडौं। काठमाडौंको बुढानिलकण्ठमा अर्को पनि भारतीय समूहले अनलाइन जुवा खेलाउने अड्डा फेला परेको छ। प्रहरीले छापा मार्दै २४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा पटनाका ३० वर्षीय अजय कुमारसहित सबै भारतीय नागरिक छन्।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा समूहले बुढानिलकण्ठ-५ मा रहेको घर नै भाडामा लिएर जुवा खेलाउने गरेको खुलेको छ।

उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान बरामद भएको छ। उनीहरुले विभिन्न प्रतिबन्धित एपबाट १ अर्ब ६४ करोडको कारोबार गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि गत माघ २७ गते राति काठमाडौं जिल्ला प्रहरी परिसरले पनि बुढानिलकण्ठ-३ गैरीगाउँबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रहरी टोलीले १० वटा ल्यापटप र ८८ वटा मोबाइल नियन्त्रणमा लिएको थियो। उनीहरुले एक महिनामा ३ अर्ब १३ करोडको कारोबार गरेको खुलेको छ।