सुनको भाउ प्रति तोला १ लाख ७० हजार रुपैयाँमाथि, चाँदीको मूल्य पनि बढ्यो

बिजमाण्डू
२०८१ फागुन २ गते ११:१३ | Feb 14, 2025
सुनको भाउ प्रति तोला १ लाख ७० हजार रुपैयाँमाथि, चाँदीको मूल्य पनि बढ्यो


काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ।

Tata
GBIME

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा २७०० रुपैयाँ घटेर प्रति तोला १ लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको सुनको मूल्य बिहीबार २३०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ९७० रुपैयाँ कायम भएको छ। बिहीवार चाँदीको भाउ ३५ रुपैयाँ बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ। शुक्रबार सुन प्रति औंस २९२८.५१ डलर र चाँदी प्रति औंस ३२.५२ डलरमा कारोबार भइरहेको छ। सुनको भाउ बिहीबार प्रति औंस २९१८.६४ डलर थियो।