बसमा यात्रा गरिरहेका ३ जनाको साथमा १२ लाख भन्दाबढी रकम, स्रोत खुलाउन नसक्दा हिरासतमा

बिजमाण्डू
२०८१ माघ २७ गते १६:४२ | Feb 9, 2025
बसमा यात्रा गरिरहेका ३ जनाको साथमा १२ लाख भन्दाबढी रकम, स्रोत खुलाउन नसक्दा हिरासतमा
फाइल तस्बिर।


काठमाडौं। बारा प्रहरीले स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट शनिबार साँझ उनीहरू पक्राउ परेका हुन्।

Tata
GBIME
NLIC

पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय उजिर मियासहित ३ जना रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँ बरामद भएको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ६५४४ नम्बरको बसमा रहेका उनीहरूको साथबाट उक्त रकम फेला परेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।