एनएसीको न्यारोबडी जहाज सि-चेकका लागि चीन पठाइयो, कहिले फर्किन्छ ?

बिजमाण्डू
२०८१ माघ २२ गते १६:१७ | Feb 4, 2025
एनएसीको न्यारोबडी जहाज सि-चेकका लागि चीन पठाइयो, कहिले फर्किन्छ ?


काठमाठडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले ९ एन-एकेडब्लू कलसाइनको जहाज सि-चेकका लागि चीन पठाएको छ।

Tata
GBIME
NLIC

एनएसीले फ्लाइङ आवर निक्कै कम भएका कारण एक महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको जहाज आइतबार चीनको चाउना साउदर्न कम्पनीमा पठाएको हो।

एनएसीका प्रवक्ता रमेश पौडेलले चिनियाँ नयाँ वर्षका कारण जहाज सि-चेकको काम सुरु गर्न बाँकी रहेको बताए।

‘चाइना साउदर्नसँग भएको सम्झौता अनुसार जहाज आइतबार चीन पठाइएको छ। अहिले उता नयाँ वर्षका कारण काम सुरु नभएको जानकारी आएको छ,’ प्रवक्ता पौडेलले भने।

जहाज ८ दिनमा सि-चेक गर्ने भनिएको छ।

तालिका अनुसार ९ एन-एकेडब्लू जहाज मंसिर ७ गतेसम्म सि-चेक गरिसक्नुपर्ने थियो। तर एनएसीले समयमै कम्पनी नछानेकाले ढिलाइ भएको हो।