काठमाठडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले ९ एन-एकेडब्लू कलसाइनको जहाज सि-चेकका लागि चीन पठाएको छ।
एनएसीले फ्लाइङ आवर निक्कै कम भएका कारण एक महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको जहाज आइतबार चीनको चाउना साउदर्न कम्पनीमा पठाएको हो।
एनएसीका प्रवक्ता रमेश पौडेलले चिनियाँ नयाँ वर्षका कारण जहाज सि-चेकको काम सुरु गर्न बाँकी रहेको बताए।
‘चाइना साउदर्नसँग भएको सम्झौता अनुसार जहाज आइतबार चीन पठाइएको छ। अहिले उता नयाँ वर्षका कारण काम सुरु नभएको जानकारी आएको छ,’ प्रवक्ता पौडेलले भने।
जहाज ८ दिनमा सि-चेक गर्ने भनिएको छ।
तालिका अनुसार ९ एन-एकेडब्लू जहाज मंसिर ७ गतेसम्म सि-चेक गरिसक्नुपर्ने थियो। तर एनएसीले समयमै कम्पनी नछानेकाले ढिलाइ भएको हो।