नीति आयोगका उपाध्यक्ष भन्छन्, ‘काठमाडौं र भारतलाई रेलवेले जोड्नेछ, वास्तवमै काम भएको छ’



बिजमाण्डू
२०७५ असोज ४ गते १८:४५ | Sep 20, 2018
नीति आयोगका उपाध्यक्ष भन्छन्, ‘काठमाडौं र भारतलाई रेलवेले जोड्नेछ, वास्तवमै काम भएको छ’


काठमाडौं। नीति तथा योजना निर्माण गर्ने भारतको सर्वोच्च संस्था नीति आयोग (नेशनल इन्स्टिच्युसन फर ट्रान्सफर्मिङ इन्डिया)का उपाध्यक्ष डा. राजीव कुमारले नेपाल र भारतबीच पूर्वाधार तथा अन्य क्षेत्रबाट बलियो 'कनेक्टिभिटी' स्थापना भइरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौं विश्वविद्यालय, इन्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज र बारबरा फाउन्डेसनले गरेको अन्तर्क्रिया कार्यक्रममा उपाध्यक्ष कुमारले दुई देशबीच कनेक्टिभिटी स्थापनाका काम कागजमा मात्रै नभई वास्तविक रुपमा नै अघि बढिरहेको बताएका हुन्। 

'काठमाडौं र रक्सौल छिट्टै रेल वे कनेक्टिभीले जोडिनेछन्, रेलवेको विकासका लागि हामीले महत्व दिएका छौँ.' कुमारले भने, 'त्यसका अलावा उडान (उडे देशका आम नागरिक)मार्फत् पनि दुई देशलाई जोड्ने कोशिश गर्नेछौँ। भारतका लखनउ, पटना, गुवाहटीजस्ता सहरहरु पूर्वाधार विकासका माध्यमले जोडिनेछन्। यसका लागि आवश्यक पर्ने भाएबिलिटी ग्याप फन्डिङको जोहो दुवै देशले गर्नेछन्।' 

कुमारले दुई देशको सम्बन्ध बलियो रुपमा स्थापित गर्नका लागि आपसी विश्वास महत्वपूर्ण हुने उल्लेख गरे। 'दुई पक्षीय सम्बन्ध विस्तारमा सबैभन्दा महत्वपूर्ण भनेकै ट्रस्ट कनेक्टिभिटी हो,' उनले भने। 

उनले भारतीय मुद्राको बिमौद्रिकरण ठुलो जम्प भएको दावी गरे। कुमारले नेपालमा ५ सय र १ हजार दरका थोरै भारतीय मुद्रा रहेको र त्यसको सटहीको प्रबन्ध मिलाउन आफूले प्रस्ताव तयार गर्ने जानकारी दिए। 

उनले भारतले लगाएको वस्तु तथा सेवा कर (जिएसटी)को वास्तविक नतिजा आउन कम्तिमा दुई वर्ष लाग्ने भन्दै हतारमा त्यसको आलोचना गरिएको पनि उल्लेख गरे।