आन्तरिकतर्फ एक वर्षमा साढे ४४ लाख यात्रु उडे, एनएसीको बजार हिस्सा ०.२५ प्रतिशत मात्रै

बिजमाण्डू
२०८१ पुष २२ गते १९:१३ | Jan 6, 2025
आन्तरिकतर्फ एक वर्षमा साढे ४४ लाख यात्रु उडे, एनएसीको बजार हिस्सा ०.२५ प्रतिशत मात्रै


काठमाडौं। आन्तरिक उडानतर्फ एक वर्षमा साढे ४४ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार सन् २०२४ मा ४४ लाख ६० हजार ३६१ यात्रुले उडान सेवा लिएका हुन्।

Tata
GBIME
NLIC

यो अवधिमा २० वटा कम्पनीले हवाई जहाज र हेलिकोप्टरमार्फत १ लाख २ हजार ७१० उडान गरेका छन्। त्यसमा भीभीआईपी उडान संख्या ९ छ।

आन्तरिकतर्फको कुल उडान अवतरणमा बुद्ध एयरको हिस्सा ४६.५४ प्रतिशत छ। बुद्ध एयरले सन् २०२४ मा ४७ हजार ८०५ उडान अवतरण गरेको हो। उसले २६ लाख ४८ हजार ६६४ यात्रुलाई ओहोरदोहोर गराएको छ।

दुर्गमतर्फ सर्वाधिक यात्रुलाई सेवा दिनेमा तारा एयर छ। यो कम्पनीले १६ सय ८५ उडानमार्फत १९ हजार ८९० यात्रुलाई सेवा दिएको छ।

नेपाल वायुसेवा निगमले एक वर्षमा ११०३ उडान अवतरण गरेको छ। जसमार्फत ११ हजार २७५ यात्रुले ओहोरदोहोर गरेका छन्। आन्तरिक उडानमा यात्रु संख्याका आधारमा निगमको बजार हिस्सा ०.२५ प्रतिशत हो।

हेलिकोप्टर तर्फ अल्टिच्युड एयर धेरै यात्रुलाई सेवा दिन सफल भएको छ। कम्पनीले यो अवधिमा २३ सय ३६ उडान अवतरणमार्फत ७ हजार ८०१ यात्रुलाई सेवा दिएको छ।

कुन वायुसेवा कम्पनीको व्यापार कस्तो ?

वायुसेवा कम्पनीको नाम उडान/अवतरण संख्या यात्रु संख्या
अल्टिच्युड एयर२३३६७८०१
एयर डाइनेष्टी१८४४५९५४
अन्नपूर्ण हेलिकोप्टर२१५५६१
बुद्ध एयर४७८०५२६४८६६४
फिस्टेल एयर१४५३४९८८
हेलि एभरेष्ट२१०४६४९३
कैलाश हेलिकोप्टर२३९४७२६६
मनाङ एयर७६२२६२७
माउन्टेन हेलिकोप्टर१६३६५६२३
प्रभु हेलिकोप्टर९५३३२९२
नेपाल वायुसेवा निगम११०३११२७५
मध्य एयरबेस१३७७
यती एयरलाइन्स१७८१३९५०६४२
सौर्य एयरलाइन्स१३६५५८७४५
श्री हेलिकोप्टर१०६८३६५९
श्री एयरलाइन्स१२२२९६८३७४८
सिम्रीक एयर१८८७६५६३
समिट एयर११३८१५१३८
सीता एयर१५३४१७४३२
तारा एयर१६८५१९८९०
भीभीआईपी उडान
जम्मा१,०२,७१०४४,६०,३६१
स्रोत : नेपाल नागरिक उड्डयन प्राधिकरण