काठमाडौं। आन्तरिक उडानतर्फ एक वर्षमा साढे ४४ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार सन् २०२४ मा ४४ लाख ६० हजार ३६१ यात्रुले उडान सेवा लिएका हुन्।
यो अवधिमा २० वटा कम्पनीले हवाई जहाज र हेलिकोप्टरमार्फत १ लाख २ हजार ७१० उडान गरेका छन्। त्यसमा भीभीआईपी उडान संख्या ९ छ।
आन्तरिकतर्फको कुल उडान अवतरणमा बुद्ध एयरको हिस्सा ४६.५४ प्रतिशत छ। बुद्ध एयरले सन् २०२४ मा ४७ हजार ८०५ उडान अवतरण गरेको हो। उसले २६ लाख ४८ हजार ६६४ यात्रुलाई ओहोरदोहोर गराएको छ।
दुर्गमतर्फ सर्वाधिक यात्रुलाई सेवा दिनेमा तारा एयर छ। यो कम्पनीले १६ सय ८५ उडानमार्फत १९ हजार ८९० यात्रुलाई सेवा दिएको छ।
नेपाल वायुसेवा निगमले एक वर्षमा ११०३ उडान अवतरण गरेको छ। जसमार्फत ११ हजार २७५ यात्रुले ओहोरदोहोर गरेका छन्। आन्तरिक उडानमा यात्रु संख्याका आधारमा निगमको बजार हिस्सा ०.२५ प्रतिशत हो।
हेलिकोप्टर तर्फ अल्टिच्युड एयर धेरै यात्रुलाई सेवा दिन सफल भएको छ। कम्पनीले यो अवधिमा २३ सय ३६ उडान अवतरणमार्फत ७ हजार ८०१ यात्रुलाई सेवा दिएको छ।
कुन वायुसेवा कम्पनीको व्यापार कस्तो ?
वायुसेवा कम्पनीको नाम | उडान/अवतरण संख्या | यात्रु संख्या |
अल्टिच्युड एयर | २३३६ | ७८०१ |
एयर डाइनेष्टी | १८४४ | ५९५४ |
अन्नपूर्ण हेलिकोप्टर | २१५ | ५६१ |
बुद्ध एयर | ४७८०५ | २६४८६६४ |
फिस्टेल एयर | १४५३ | ४९८८ |
हेलि एभरेष्ट | २१०४ | ६४९३ |
कैलाश हेलिकोप्टर | २३९४ | ७२६६ |
मनाङ एयर | ७६२ | २६२७ |
माउन्टेन हेलिकोप्टर | १६३६ | ५६२३ |
प्रभु हेलिकोप्टर | ९५३ | ३२९२ |
नेपाल वायुसेवा निगम | ११०३ | ११२७५ |
मध्य एयरबेस | १३७७ | ० |
यती एयरलाइन्स | १७८१३ | ९५०६४२ |
सौर्य एयरलाइन्स | १३६५ | ५८७४५ |
श्री हेलिकोप्टर | १०६८ | ३६५९ |
श्री एयरलाइन्स | १२२२९ | ६८३७४८ |
सिम्रीक एयर | १८८७ | ६५६३ |
समिट एयर | ११३८ | १५१३८ |
सीता एयर | १५३४ | १७४३२ |
तारा एयर | १६८५ | १९८९० |
भीभीआईपी उडान | ९ | ० |
जम्मा | १,०२,७१० | ४४,६०,३६१ |