सिजिजिसी विवादमा चिलिमेका प्रवन्ध निर्देशक घिसिङ्ग हटाइए, विवादस्पद ढुङ्गेललाई जिम्मेवारी



बिजमाण्डू
२०७० साउन ६ गते ००:०० | Jul 21, 2013
सिजिजिसी विवादमा चिलिमेका प्रवन्ध निर्देशक घिसिङ्ग हटाइए, विवादस्पद ढुङ्गेललाई जिम्मेवारी

काठमाडौं । निजी–सार्वजनिक साझेदारीमा देशको सबैभन्दा ठूलो जलविद्युत आयोजना चिलिमेका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गलाई हटाइएको छ । तीन वर्ष अघि चिलिमेको प्रवन्ध निर्देशक बनाइएका घिसिङ्गलाई हटाएर नेपाल विद्युत प्राधिकरणका सुनिल ढुङ्गेललाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिइएको छ । घिसिङ्ग प्यारेन्ट कम्पनी विद्युत प्राधिकरणको दशौं तह प्रवन्धकमा फर्किएका हुन् ।
सान्जेन जलविद्युत निर्माणको ठेक्का पाएको चाइना गेजुवा गु्रप कर्पोरेशन(सिजिजिसि)लाई कालोसूचीमा राख्ने घिसिङ्गको निर्णयले उनलाई पदबाट हट्न बाध्य बनाएको हो । घिसिङ्गले बोलपत्रमा भएको व्यवस्थाभन्दा बाहिर गई साढे ४२ मेगावाटको परियोजना निर्माणमा अत्तो थापेपछि सिजिजिसिलाई कालोसूचीमा राखेका थिए । कम्पनीले राखेको तीन करोड २० लाख रुपैयाँको बिडबण्डसमेत जफत गर्ने निर्णय उनैले गरेका थिए ।
यो निर्णयबाट प्रभावित सिजिजिसिले घिसिङ्गलाई हटाउन लविङ्ग गर्दै आएको थियो, यसअघिका उर्जासचिव हरिराम कोइरालाले समेत घिसिङ्गको निर्णयका विषयमा छानविन गर्न मोतीबहादुर कुँवरको अध्यक्षमा समिति गठन गरेका थिए ।
घिसिङ्ग प्रवन्ध निर्देशक बनेपछि आठ वर्षदेखि आइडल रहेको चिलिमे जलविद्युतलाई गतिशिल बनाएका थिए । उनैले स्थानीयसँग विवादका कारण रोकिएको चिलिमेको सेयर बाँडफाँड समेत उनैको पालामा खुलेको थियो । घिसिङ्गले स्थानीयलाई सेयर बाँडफाँड गरेपछि सर्वसाधरण सेयरनधनीलाई सेयर वितरण गरेका थिए ।
घिसिङ्ग प्रवन्ध निर्देशक भएपछि चिलिमेले चार जलविद्युत आयोजनालाई अघि बढाएको छ । उनैको अग्रसरतामा दुई वटा सान्जेन, रसुवागढी र मध्यभोटेकोशीको फाइनान्सियल क्लोजर भएको छ । चारै परियोजनाको फिल्डमा काम पनि सुरु भैसकेको छ । घिसिङ्गले यी चार परियोजना सन् २०१६ मा सक्ने लक्ष्य लिएका थिए । उनले बागलुङ्गमा रहेको उत्तर गंगालाई पनि अघि बढाउने प्रयास थालेका थिए ।
प्रवन्ध निर्देशक भएर आएका ढुङ्गेल माथिल्लो तामाकोशी जलविद्युत अयोजनाको प्रमुखमा नियुक्ति हुँदा विवादित बनेका थिए । उनलाई विद्युत प्राधिकरण सञ्चालक समितिले हस्तक्षेप गरी माथिल्लो तामाकोशीको प्रमुखमा नियुक्ति गरेपछि विवाद सिर्जना भएको थियो । प्राधिकरणका ११ औं तहका ढुङ्गेललाई नियुक्त गर्न नहुने अडानमा तामाकोशीमा अन्य साझेदार र ऋणदाता थिए । विवाद बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुङ्गेललाई तामाकोशीमा नियुत्ति नदिन प्राधिकरणलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि ढुङ्गेललाई तामाकोशीबाट व्याक गरिएको थियो ।

Tata
GBIME
Nepal Life

के थियो चिलिमेमा घिसिङको सपना ?

चिलिमेको सेयर किन पनि व्लुचिप हो भने…(एमडी कुलमान घिसिङको अर्न्तवार्ता)