
काठमाडौं। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबारका लागि कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तोलामा २ सय रुपैयाँ बढ्दा सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ७ सय ८० रुपैयाँ कायम छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २५२१.११ डलर र चाँदी प्रति औंस २८.५६ डलर छ।