
काठमाडौं। मंगलबार सुन तोलामा २ सय र चाँदी १० रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको छ। सुन प्रति तोला १ लाख ५२ हजार ४ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा तोलामा १ हजार २ सय रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य १ लाख ५२ हजार १ सय रुपैयाँ थियो। गत शुक्रबार हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदी तोलाको १ हजार ७ सय ६५ रुपैयाँ भएको छ। सोमबार कारोबार मूल्य १ हजार ७ सय ५५ रुपैयाँ थियो। त्यसअघि आइतबार प्रति तोला ११ हजार ७ सय ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २५०१.३८ डलर पुगेको छ। यसअघि सोमबार २४९८.०३ डलर र आइतबार प्रति औंस २४९७.३९ डलर थियो।
चाँदी प्रति औंस २८.०२ बाट बढेर २८.२६ डलर भएको छ। यसअघि आइतबार प्रति औंस २७.९३ डलर थियो।