स्मार्टसिटी बन्ने काठमाडौं,भक्तपुर र ललितपुरका जग्गा कित्ताकाँटमा लिइयो खुकुलो नीति

बिजमाण्डू
२०७४ भदौ ७ गते १७:५८ | Aug 23, 2017
स्मार्टसिटी बन्ने काठमाडौं,भक्तपुर र ललितपुरका जग्गा कित्ताकाँटमा लिइयो खुकुलो नीति


काठमाडौ।उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटीका लागि रोक्का लगाएको जग्गाको कित्ताकाँटमा केही खुकुलो बनाएको छ।
 

अंशबण्डा,मोहिको जग्गाबाँडफाँड,अदालतको आदेश र भुकम्प पीडितको घर निर्माण लगायतका विषयमा व्यवहारिक कठिनार्इ भएको निवेदन आएपछि केही खुकुलो बनाएको हो।समितिको गत साउन २६ गते बसेको बैठकले चारवटा अवस्थामा कित्ताकाँट गर्न मिल्ने आयुक्त डा.भार्इकाजी तिवारीले बताए। काठमाडौ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधासहितको चार नयाँ शहर(स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको थियो।

Tata
GBIME
NLIC

प्राधिकरणले जग्गा यकिन गरेर काठमाडौ,भक्तपुर,ललितपुर तिनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा रोक लगाएको थियो। करिब १ लाख ३० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माणको योजना अघि बढाएपछि त्यस क्षेत्रमा घर बनाउन र जग्गा किनबेच रोकियो।तर अहिले सबैको दबाबपछि जग्गा कित्ताकाँटमा खुकुलो बनेको छ।

 
यी चार अवस्थामा 
१)२०७४/०३/०५  मा नेपालराज पत्रमा सुचना प्रकाशन हुनुपूर्व अदालतमा अंश मुद्धा परि अदालबाट भएको निर्णय आदेश र मिलापत्र बमोजिम कित्ताकाँटका लागि स्वीकृति पाइने।
 
२)भूकम्प पीडितको हकमा काठमाडौ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ र बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत निर्माण मापदण्ड २०७२ बमोजिम नक्सापास स्वीकृति गरि घर बनाउन दिने।
 
३)सम्वन्धित जिल्लाको भुमिसुधार कार्यालयको निर्णयानुसार जग्गाधनी मोहीको जग्गा बाँडफाँड गर्न स्विकृति दिने।
 
४) १,२ र ३ अंश वण्डा तथा जग्गा खरिद-विक्रीका लागि ८ आना क्षेत्रफलमा नघट्ने गरि कित्ताकाट र प्लट गर्न स्विकृति दिने।