स्टिकर छपाइ प्रकरणमा आरोपित सहसचिव रितेश शाक्य एक लाख धरौटीमा रिहा

बिजमाण्डू
२०८१ असार २६ गते २०:५९ | Jul 10, 2024
स्टिकर छपाइ प्रकरणमा आरोपित सहसचिव रितेश शाक्य एक लाख धरौटीमा रिहा


काठमाडौं। अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा आरोपित सहसचिव रितेश शाक्यलाई विशेष अदालतले धरौटी सुविधा दिएको छ। बुधबार अदालतमा उपस्थित शाक्यलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश भएको हो।

Vigo
GBIME
Tata

न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले शाक्यलाई धरौटीमा रिहाको आदेश गरेको हो।
स्टिकर छपाइ अनियमिततामा मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेको शाक्यलाई आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशकको हैसियतमा मुद्दा चलाइएको हो। प्रतिवादीउपर अख्तियारले ३८ करोड ६७ लाख १७ हजार बिगो कायम गरेको छ।