१३ जिल्ला अझै पूर्ण साक्षर घोषणा हुन बाँकी, ललितपुर र पाल्पामा १०० प्रतिशत साक्षर

बिजमाण्डू
२०८० भदौ २२ गते ०८:५५ | Sep 8, 2023
१३ जिल्ला अझै पूर्ण साक्षर घोषणा हुन बाँकी, ललितपुर र पाल्पामा १०० प्रतिशत साक्षर


काठमाडौं । नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेको थियो। तर अझै मधेश प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।

Tata
GBIME
NLIC

आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सरकारको तर्फबाट जारी सूचनामा मधेश प्रदेशको धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै कर्णाली प्रदेशको मुगु, जुम्ला, कालीकोट, डोल्पा र हुम्ला साक्षर घोषणा हुन बांकी जिल्ला रहेको जनाइएको छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ।

यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर  र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको हो।

जसमा नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत रहेको उल्लेख छ। १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत रहेकव जनाइएको छ। नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।

विवरण अनुसार ललितपुर र पाल्पामा १०० प्रतिशत नै साक्षर छन्। अन्य जिल्लाहरुमा भने ९५ देखि ९९ प्रतिशत साक्षर छन्।

राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ।