
काठमाडौं। ज्योति विकास बैंकको संस्थापक सेयर १२६ रुपैयाँमा बोलकबोल गर्न मिल्ने भएको छ।
बैंकका विद्यमान संस्थापकले एक लाख ६८ हजार ४९६ कित्ता शिलबन्दी बोलकबोल मार्फत् सेयर बिक्री गर्दैछन्।
सेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ हो। सोभन्दा कम मूल्यमा बोलकबोल पेश गर्न मिल्दैन। त्यस्तै न्यूनतम एक हजार अथवा सम्पूर्ण कित्ताका लागि आवेदन दिन मिल्छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो पटक ज्योति विकास बैंकको संस्थापक सेयर १६५ रुपैयाँका दरले किनबेच भएको छ।
आम व्यक्ति या संस्थाले बोलकबोल पेश गर्न मिल्ने जनाएको छ। आवेदन आजबाट दिन सकिनेछ। अन्तिम दिन असार १७ गते हो।