टिकेन सेयर बजारको वृद्धि, बजार घट्दा पनि कारोबार भने बढ्यो, परिसूचक १९३३.२९ मा

बिजमाण्डू
२०७९ चैत्र ८ गते १५:३५ | Mar 22, 2023
टिकेन सेयर बजारको वृद्धि, बजार घट्दा पनि कारोबार भने बढ्यो, परिसूचक १९३३.२९ मा


काठमाडौं। नयाँ गठबन्धनको सरकारले विश्वासको मत पाउँदा उत्साहित सेयर बजार लगत्तैको कारोबारमा भने फराकिलो अंकले घटेको छ। 

Tata
GBIME
NLIC

सोमबार २२.६६ अंको उक्लिएको बजार बुधबार १५.७६ अंक घट्यो। परिसूचक १९३३.२९ को विन्दुमा सीमित छ। 

बजार घटे पनि कारोबार रकममा वृद्धि देखिन्छ। सोमबार १ अर्ब २९ करोडको सेयर किनबेच भएकोमा बुधबार १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको हो।

नेपाल लाइफको सेयर कारोबार शीर्ष स्थानमा छ। एनआइसी एसिया बैंक दोस्रो रह्यो। हिमालयन डिष्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट पनि सर्वाधिक कारोबार मध्येका छन्।