एनएमबि लघुवित्तले तोक्यो साधारण सभाको मिति, केके प्रस्ताव पारित गरिँदै छ ?

बिजमाण्डू
२०७९ चैत्र ६ गते ११:०८ | Mar 20, 2023
एनएमबि लघुवित्तले तोक्यो साधारण सभाको मिति, केके प्रस्ताव पारित गरिँदै छ ?


काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभा आह्‍वान गरेको छ। लघुवित्त सञ्चालक समितिको आइतबार भएको बैठकको निर्णयले सभा आगामी वैशाख १५ गते शुक्रबारका लागि आह्‍वान गरेको हो।

Tata
GBIME
NLIC

साधारण सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायर प्रालिमा हुनेछ। सभामा लाभांश पारित गर्ने प्रस्तावलाई विशेष जोड दिइने भएको छ। हाल लघुवित्तको चुक्ता पुँजी ६५ करोड ५८ लाख छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशतले हुन आउने ६ करोड ५५ लाख बराबरको बोनस सेयर वितरण गर्ने र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरिँदै छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १७ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउने छन्।