
काठमाडौं। टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरहरुमा टीभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ।
कम्पनीका अनुसार माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्याली जस्ता विभिन्न कार्यक्रम गरिएको थियो।
माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै लेबर चार्जमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।
यसमा सहभागीहरुलाई विभिन्न सम्मान पत्र, उपहार तथा अन्य पुरस्कारहरु प्रदान गरिने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका सीइओ दीपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्देश्य ग्राहकहरुसँग भेटघाट र अन्तर्क्रिया गर्नु रहेको बताए।
नेपालभरका विभिन्न सहरबाट उत्साहजनक सहभागिता रहेको उनले बताए।
‘हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुसी देखेर हामी पनि अत्यन्तै खुसी छौं,’ उनले भने।
माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौं, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य सहरबाट १ हजारभन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन्।
माइलेज चेकअप क्याम्पमा स्कुटर चेकअप गराएपछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुसी भएको सहभागिहरुको प्रतिक्रिया रहेको कम्पनीले जनाएको छ।
माइलेज क्याम्पमा सहभागी हुनको लागि नजिकैको टीभीएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन्।