एनएमबीको डिबिट कार्डबाट किस्ताबन्दी सुविधा, तीनदेखि १२ महिनासम्म सुविधा उपलब्ध हुने

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014

काठमाडौं। एनएमबी बैंकले आफ्ना डेबिट कार्ड प्रयोगकर्ताका लागि किस्ताबन्दी सुविधाको शुभारम्भ गरेको छ। डेबिट कार्डबाट प्रयोगकर्ताले उच्च मूल्यका सामान मासिक किस्ताबन्दीमा खरीद गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। बैंकले यो सुविधा नेपालमै पहिलो पटक उपलब्ध भएको दावी गरेको छ।

Tata
GBIME
NLIC

नयाँ सेवा अनुसार यो कार्ड प्रयोग गर्ने ग्राहकले तीनदेखि १२ महिनासम्मको मासिक किस्ताबन्दी सुविधा रहेको बैंकले जनाएको छ।
यस्तै बैंकले हालैमात्र ज्येष्ठ नागरिकका लागि जारी गरेको एनएमबी बैंक मान्यजन मुद्दती खाता अन्तर्गत पनि उपलब्ध हुने जनाएको छ।