पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद रौनियारको नाममा कर कार्यालयको सूचना

बिजमाण्डू
२०७६ जेठ ६ गते १०:०५ | May 20, 2019
पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद रौनियारको नाममा कर कार्यालयको सूचना


GBIME
Tata

काठमाडौं। मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले समयमै कर नबुझाउने २६ कम्पनी तथा फर्ममाथि कारबाही अघि बढाएको छ।

समयमै कर नतिरी बक्यौता राख्ने ती फर्ममाथि कारबाही प्रक्रिया अघि बढाउन लागिएको कार्यनलय प्रमुख सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए। ‘सात दिनको समय दिएका छौँ, यो समयावधि अटेर गरे बैंक खातारोक्कादेखि सम्पत्ती रोक्कासम्मको कारबाही अघि बढाउछौँ,’ उनले भने। कार्यालयले करिब करोड रुपैयाँ करबक्यौता राख्ने कम्पनी तथा फर्मको नाममा सार्वजनिक सूचना प्रकाशन गरेको छ।

निलम्बित सासंसद हरिनारायणप्रसाद रौनियारको नाम पनि कर नतिर्नेको सूचीमा छ। उनको निर्माण सेवा कम्पनी पप्पु कन्सट्रक्सनका नाममा मूल्य अभिवृद्धि कर बक्यौता छ। यसैगरी नेपाल क्यान्सर अस्पतालको नाममा पनि कर बक्यौता छ।

कार्यालयका अनुसार केही कम्पनीको आयकररमूल्य अभिवृद्धि कर दुवै बक्यौता छ। केहीको आयकर मात्रै र केहीको मूल्य अभिवृद्धि कर बक्यौता रहेको कर कार्यालयले जनाएको छ।