राजस्व अध्ययन गर्न गठित समितिले काम थाले, भ्याट, आयकर र अन्तशुल्क बारे सुझाव दिने

बिजमाण्डू
२०७६ बैशाख १० गते २०:४४ | Apr 23, 2019


काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक तर्फको राजस्व सुधारका सुझाव पेश गर्न लागि गठित तीनवटा समितिले काम थालेका छन्।

GBIME
Tata

आन्तरिकतर्फको मूल्य अभिवृद्धि कर, अन्तशुल्क र आयकरका क्षेत्रमा गर्नुपर्ने सुधारका लागि आन्तरिक राजस्व विभागले तीनजना सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै काम समिति बनाएको थियो।

आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा राजस्वका यी क्षेत्रमा सुधार, दायरा विस्तार एवं दर परिवर्तनका लागि विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरी पेश गर्न कार्यादेश दिइएको छ। समितिले आफ्नो क्षेत्रमा पर्ने सरोकारवालासँग छलफल गरी सुझाव पेश गर्नेछन्।

'अहिले विभिन्न क्षेत्रमा करको दर कम गर्ने र दायरा विस्तार गर्नुपर्ने आवाज उठिरहेका छन्, त्यसैलाई व्यवस्थित गर्न र आवश्यक सुझाव संकलन गर्न समिति गठन गरिएको हो,' आन्तरिक राजस्व विभागका एक अधिकारीले भने, 'उनीहरुले राजस्व परामर्श समितिको प्रतिवेदन आउनु अघि नै आफ्नो सुझाव दिइसक्छन्।'

विभागले उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलको संयोजकत्वमा मूल्य अभिवृद्धि करसम्बन्धित अध्ययन समिति, ठुला करदाता कार्यालयका प्रमुख धनिराम शर्माको संयोजकत्वमा आयकर अध्ययन तथा सुझाव समिति र मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा अन्तशुल्कसम्बन्धि सुझाव दिन समिति बनाएको थियो।