साना किसानको साधारण सेयर बुधबार बाँडफाट हुँदै, आवेदन बन्द भएको ३५ दिनमा बाँडफाट



बिजमाण्डू
२०७० साउन २७ गते ००:०० | Aug 11, 2013

काठमाडौ । साना किसान विकास बैंकको साधारण सेयर बुधबार बाँडफाट हुने भएको छ । यो विकास बैंकले गत असार २३ गतेबाट चार दिनसम्म साधारण सेयर निस्कासन गरेको थियो । आवेदन बन्द भएको ३५ दिनमा सेयर बाँडफाट गर्न लागेको हो । बैंकले सार्वजनिक निष्कासनका लागि छुट्याएको छ लाख कित्ता साधारण शेयरका लागि दुई अर्ब एक करोड ३२ लाख रुपैयाँको शेयर आवेदन परेको थियो । कम्पनीले यसमध्ये ३० हजार शेयर कित्ता समूहिक लगानी कोषका लागि र १८ हजार शेयर कित्ता कर्मचारीका लागि छुट्टयाएको थियो ।
पाँच लाख ५२ हजार शेयर कित्ताका लागि करिब ३६ गुणाभन्दा बढी शेयर आवेदन  परेको थियो । बैंकले २० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुने रकमका लागि साधारण शेयरको सार्वजनिक निष्कासन गरेको थियो । पाँचवटै विकास क्षेत्रमा रहेका २८ संकलन केन्द्रमार्फत चार दिनमा २३ हजार ११७ आवेदकले दुई करोड एक लाख शेयर कित्ता आवेदन गरेका हुन् ।५१ जिल्लामा रहेका ३७५ वटा साना किसान सहकारी संस्था र त्यस्तै लघुवित्तको कारोबार अन्य सहकारी संस्थामार्फत दुई लाख ८५ हजार विपन्न र साना किसान परिवारमा वित्तीय तथा गैर वित्तीय सेवा पु¥याउँदै आएको छ ।

Tata
GBIME
Nepal Life