अब बैंक, सरकारी र अन्य क्षेत्रमा जागिर खानेले २२ दिन बढी काम गर्नुपर्ने, सरकारले विदा घटायो

बिजमाण्डू
२०७४ चैत्र १४ गते ०९:०६ | Mar 28, 2018
काठमाडौं। सरकारी तथा संगठित संस्थाका कर्मचारीका लागि सरकारले निरास बनाएको छ। सरकारले बुधबार मन्त्रीपरिषद्बाट बार्षिक बिदाहरु कटौती गर्ने निर्णय गरेको छ।
 
गृह मन्त्रालयको प्रस्ताव अनुसार सरकारले २०७५ सालका लागि सरकारी तथा संगठित संस्थाका कर्मचारीले पाउँदै आएको बिदामध्ये २२ दिन कटौती गरि काममा खटाउने निर्णय गरेको छ। अत्याधिक बिदाका कारण काम गर्ने समय घटेको भन्दै निजी क्षेत्रले कटौतीको माग गर्दै आएको थियो।
 
समृद्धिको नारा बोकेर गठन भएको केपी ओली नेतृत्वको सरकारले २२ दिन बिदा कटौती गर्ने निर्णय गरेको हो। सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले १६२ दिनभन्दा बढी विदा हुँदा समग्र उत्पादकत्व नै घटिरहेको बताउँदै बिदा कटौतीको निर्णय गर्नु परेको बताए।
 
सरकारले लिएको समृद्धिको लक्ष्यलाई पूरा गर्न बिदा कटौतीको विकल्प नरहेको उनले बताए। उनका अनुसार २०७५ सालमा सबैलाई हुने सार्वजनिक विदा जम्मा ८९ दिन हुनेछ। सरकारले नामै नसुनिएकाहरुको नाममा दिइएको बिदासमेत कटौती गरेको छ। सरकारी कर्मचारीहरुले विभिन्न दिवशका नामा पाउने गरेको बिदा पनि कटौती गरिएको छ। 
 

Tata
GBIME