कांग्रेसको चुनाबीसभामा उद्योगी बिनोद चौधरी, ‘उदारीकरण नीतिले देश अहिलेसम्म टिक्दैछ’

बिजमाण्डू
२०७४ कात्तिक २८ गते १६:२२ | Nov 14, 2017

नवलपरासी। नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगी बिनोद चौधरी नेपाली कांग्रेसको चुनाबी सभामा सकृय भएका छन्।

Tata
GBIME

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला उम्मेदवार रहेको नवलपरासीमा आयोजना गरिएको चुनाबी सभामा उनी मूख्य  बक्ता थिए। चौधरीको उद्योग रहेको पुर्वी नवलपरासीको बिभिन्न चुनाबी सभामा कांग्रेसले लिने आर्थिक एजेण्डका बारेमा मतदातालाई उनले प्रष्ट्राएका थिए।

चौधरीले लोकतन्त्रमा मात्र आर्थिक उन्नतीको सम्भावना रहेको बताउँदै आफुले बिकासका पक्षमा वकालत गर्दै आएको सुनाए ।कांग्रेसले २०४८ सालमा उदारीकरणको नीति लिएको र त्यसैका आधारमा आर्थिक रुपले देश आजसम्म टिकेको उनले बताए ।

उनले २०४६ देखि २०४८ साल सम्मको दुर्इ वर्षको काल आर्थिक हिसाबले स्वर्ण काल रहेको बताए।चौधरीले नेपालका ४३ लाख युवाहरु रोजगारीका लागि बिदेशिएको यर्थाथतालाई दृष्टिगत गरेर नेपाली कांग्रेसले क्षमतावान युवाहरुलाई रोक्ने आर्थिक नीति अबलम्बन गर्ने बताए।