एप्पलको यस्तो घडी : जसले हर्टअट्याकबाट जोगाउँछ, मुटुको गति घडीले पत्ता लगाउने




काठमाडौं। विश्वमा सबैभन्दा महङ्गो ब्राण्ड कम्पनी हो एप्पल। यस ब्राण्डलार्इ आइफोन नामले विश्वभर चिनिन्छ। पछिल्लो समयमा यसै ब्राण्डले हर्टअट्याक चेक गर्ने घडी निर्माण गरेको कम्पनीका सिइओ टिम कुकले जानकारी दिए।



कम्पनीका घडी निर्माता जेम्स टी ग्रीनले मुटुको गति उच्च वा सामान्य बारेमा घडीले देखाउने डेल्ली टेलिग्राफमार्फत जानकारी दिए। यो खोज २८ वर्षको अनुसन्धानपछि पत्ता लागेको हो।

ग्रीनले आफू अस्पताल जाँदा डक्टरका गतिविधिबाट हर्टअट्याक चेक गर्ने घडी बनाउन प्रेरित गरेको बताएका छन्। पछिल्लो समयमा यस प्रकारका गडीले मुटुसम्बन्धी रोगलाई न्युनिकरण गर्न सहयोग पर्‍याउने पनि उनले बताए। मुटुका बिरामीले यस घडीलार्इ प्रयोग गरी आफ्नो मुटुको चालका बारेमा जानकारी लिन सक्दछन्।

पछिल्लो समयमा प्रविधिले मानव जीवनलार्इ हस्तक्षेप गरेको क्षण छ, तर यी प्रविधिले स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग पुर्‍याएको छ। अहिले मानव जीवनमा स्मार्टफोन, घडी जस्ता प्रविधिले स्वास्थ्यका विषयमा पनि सहज बनाएको छ।

सामान्य मानिसको मुटुको गति ७० देखि बढीमा १९० सम्म हुनुपर्ने आवर लेडी अफ लोर्डस मेडिकल सेन्टरका डाक्टर अल्फ्रेड सच्चेट्टीले बताए।

Share this Story

   

एप्पलको यस्तो घडी : जसले हर्टअट्याकबाट जोगाउँछ, मुटुको गति घडीले पत्ता लगाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.