देशकै ठूलो मल सिटी सेन्टर चौथो वर्षमा, विन्टर कार्निभर सुरु

बिजमाण्डू
२०६९ माघ २३ गते ००:०० | Feb 5, 2013

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो मल एनएलआइसी सिटी सेन्टर चौथो वर्षमा प्रवेश गरेको अवसरमा ‘विन्टर कार्निभल’ सुरु गरेको छ ।  कार्यक्रमबाट ग्राहकलाई सन्तुष्टी दिनुका साथै व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिएको छ । सिटी सेन्टरका विल्डिङ म्यानेजमेन्ट कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले मलले उपभोक्तालाई अन्तर्राष्ट्रिय ब्रान्डका गार्मेन्ट, इलोक्ट्रोनिक्स सामान, खाद्य पदार्थ एवं दैनिक आवश्यकताका सम्पूर्ण सामान सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी दिए ।
मलमा तीन वटा थिएटरसहितको मल्टिप्लेक्समा बिग मुभिज सञ्चालनमा छन् । यो हलमा नेपाली, अंग्रेजी र हिन्दी चलचित्र देखाउने गरिएको छ । मलले यो वाहेक चाडपर्व तथा अन्य विशेष अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । यो कार्यक्रममा सांगीतिक प्रस्तुती, नृत्य, बाल मनोरञ्जन, पुरस्कार तथा उपहार योजना लगायतका छन् ।

Tata
GBIME
Nepal Life