राजधानीमा आजदेखि नाडा अटो सो, मोटरसाइल, गाडी किन्ने उपयुक्त मौका

बिजमाण्डू
२०६९ असोज ३ गते ००:०० | Sep 19, 2012
राजधानीमा आजदेखि नाडा अटो सो, मोटरसाइल, गाडी किन्ने उपयुक्त मौका


काठमाडौं । सवारी साधन सम्वन्धी मेला ‘नाडा अटो सो–२०६९’ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सवारी साधनको बिक्री बढाउन यो मेला गर्न लागिएको हो । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)को आयोजनामा हुने मेलामा सवारी साधन, बैक, फाइनान्स, सवारी साधनका सामान राखिनेछ । मेलामा एक सयभन्द्या बढी स्टल रहनेछन् । नेपालसहित भारत, चीन अमेरिका, कोरिया, जर्मनी, चेक गणतन्त्र, मलेसिया, ताइवान जापान लगायतका मुलुकका उत्पादन राखिनेछ । मेलाको अवसर पारेर विभिन्न गाडी आयातकर्ताले आर्कषक छुट दिनेछ ।
नाडा अटो सोमा टाटाले फाइदाको भन्डार भन्दै छुट दिएको छ । टाटाको सफारी गाडी भिएक्स, इएक्स र एलएक्समा क्रमश ३ लाख ४८, २ लाख ४८ हजार र १ लाख ९८ हजारसम्मको यसमा प्रयोग हुने सामान र सवारी करमा छुट दिएको छ । टाटाको आरियामा ३ लाख ४८ हजार, ग्रान्डीमा २ लाख ८ हजार, भियस्टा सेडान क्लासमा १ लाख ९८ हजार, सुमोमा १ लाख ८९ हजार, मान्जामा १ लाख ८८ हजार, इन्डिका भी–२मा १ लाख २३ हजार, इन्डियो सीएस १ लाख ८८ रुपैयाँको सामान र सवारी करमा छुट दिएको छ । सबैभन्दा सस्तो कार नानोमा शुन्यदरको फाइनान्स सुविधा दिएको छ । मेलाकै अघिल्लो दिन निसानको नयाँ सन्नी बजारमा आएको छ ।
निसानको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एन्ड सन्सले नेपाली बजारमा नयाँ सन्नी मोडेल कार बजारमा ल्याएको हो । निसानको नयाँ सन्नी भारतमा निर्मित सेडान समूहको कार हो । यो पुरानो सन्न्ीको तुलनामा भित्री र वाहिरी भाग आर्कषक छ । वतास अर्गनाइजेसन अन्तर्गतको ईस्टर्न मोटर्स प्रालिले युरो–३ मापदण्डको गाडीहरु बजारमा ल्याएको छ । नेपाल सरकारद्वारा हालै कानुन परिमार्जन गरी अनिवार्य गरिएका युरो–३ मापदण्डका बस तथा ट्रकहरु यथेष्ट मात्रामा रहेको कम्पनीले जनाएको छ ।
मोरङ अटोवक्र्सले र्यापिड कारमा २९ लाख ९९ हजारमा बिक्री सुरु गरेको छ । १६सय सीसीको सेडान कार भर्खरै नेपाली बजारमा आएको हो । मारुती सुजुकीको नेपालको आधिकारिक बिक्रेता अरुण इन्टरकन्टिनेन्टलले दुई नयाँ गाडी बजारमा ल्याएको छ । कम्पनीले मल्टियुटिलिटी भेहिकल(एमयुभी) अर्टिगा र डिजायरको नयाँ मोडेल बजारमा ल्याएको छ ।
फोर्डको नेपालको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसनले दुई नयाँ मोडेल बजारमा ल्याएको छ । कम्पनीले फोर्ड कुगा र रेन्जर सार्वजनिक गरेको हो ।
मेलालाई लक्षित गर्दै होन्डा कम्पनीको सबैभन्दा महँगो र ठूलो इन्ज्नि क्षमताको मोटरसाइकल राखिने भएको छ । होन्डाको बिक्रेता स्याकार कम्पनीले जापानबाटै झिकाएको ‘होन्डा सिबिआर–१०००–आरआर’ वाइक मेलामा राख्नेछ ।
यसको मूल्य २६ लाख रुपैयाँ छ । मेलामा बजाजको बिक्रेता गोल्छा समूहले बजाजको नयाँ डिस्कभर–१२५–एसटी बजार ल्याउने भएको छ । एक लाख ८५ हजार रुपैयाको यो बाइक १ सय २४ सीसीको हो । फियाटको नेपालको आधिकारिक बिक्रेता बतास ब्रदर्सले फियाटका २०१२को मोडेल ल्याएको हो । फियाटको पुन्टो र लिनिया बजारमा ल्याएको हो ।

Tata
GBIME