भोलीदेखि भुटानमा अन्तर्राष्ट्रिय मेला, पारोमा नेपालका तीनवटा स्टल

बिजमाण्डू
२०६९ असोज २ गते ००:०० | Sep 18, 2012

काठमाडौं । भुटानमा हुने अन्तर्राष्ट्रिय मेलामा नेपाल पनि सहभागी हुने भएको छ । भोलीदेखि सुरु हुने मेलामा नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध उद्यमीका तीन वटा स्टल रहनेछन् । मेलामा भाग लिन महासंघका अध्यक्ष सुरेश प्रधान त्यसतर्फ गएका छन् ।
मेलामा नेपालमा उत्पादित लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरू प्रदर्शनी तथा विक्रीमा राखिने छ । सो अवसरमा भुटानस्थित भुटान चेम्बर अफ कमर्स एण्ड इष्डष्ट्री लगायत अन्य समकक्षी संस्थाका प्रतिनिधि विच छलफल हुने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life