सगरमाथामा को पहिलो विवाद उल्झियो, तेञ्जिङले होइन हिलारी भन्दै बेलायती पुस्तक



बिजमाण्डू
२०६९ असोज १ गते ००:०० | Sep 17, 2012
सगरमाथामा को पहिलो विवाद उल्झियो, तेञ्जिङले होइन हिलारी भन्दै बेलायती पुस्तक

लण्डन । सन् १९५३ मे २९ मा सगरमाथामा दुई मानवले पाइला टेकेका थिए, एक थिए नेपाली तेन्जिङ्ग नोर्गे शेर्पा दोस्रो थिए, न्युजिल्याण्डका सर एडमण्ड हिलारी । यी दुईमध्ये कसले सगरमाथामा पहिलो पाइला टेके भन्ने विवाद अहिले पनि जारी छ ।
बाँजुञ्जुले यी दुवैले सगरमाथामा एकै साथा पाइला टेकेको बताउँदै सबै विवादलाई पन्छाउँदै आएका थिए । तर अहिले एउटा नयाँ पुस्तक आएको छ, जुन पुस्तकमा सगरमाथामा पहिलो पाइला तेञ्जिङ्गले नभई हिलारीले टेकेको दावी गरिएको छ । बेलायती लेखक माइक कोन्फ्रिले लेखेको र आगामी महिना बजारमा आउन लागेको ‘एभरेष्ट १९५३ ः द एपिक स्टोरी अफ ट फस्ट एसेन्ट’ पुस्तकमा यस्तो दावी गरिएको हो ।
यो पुस्तक नेपालका लागि तत्कालिन बेलायती राजदूत क्रिस्टोफार समरहेज र ओरोहण दलका टोली नेता जोन हन्टले उपलब्ध गराएको तथ्यमा आधारित भएको दावी लेखकले गरेका छन् । पुस्तकमा लेखिएको छ, नोर्गे र हिलारीले सगरमाथा आरोहण गर्दा नेपालमा उपनिवेशविरुद्धको ठूलो भावना थियो, यही कारण त्यतिवेला तथ्यहरुलाई बंग्याइयो र हिलारीसँगै नोर्गेले पनि सगरमाथामा एकै पटक पाइला राखेका थिए भनेर प्रचार गरियो ।
लेखकले पुस्तकमा समेटिएका तथ्यहरु समरहेज र हन्टले रोयल ग्राफिकल सोसाइटीमा उपलब्ध गराएका टिप्पणीहरुमा आधारित भएको बताएको छ । सासाइटीसँग भएका तथ्यहरुमा हिलारीले प्राप्त गरेका सफलताका आधिकारिक विवरण भएको बताइएको छ ।
सोसाइटीलाई उपलब्ध गराइएको हिलारीको तीन पाना लामो मेमोमा आफूले पहिलो पाइला टेकेको भन्दै हिलारीले भनेका छन्, म सगरमाथाको चुचुरोमा पुगें, मैले तेञ्जिङलाई पनि मेरो पछिपछि ल्याएँ ।  मेमोलाई संसोधन गर्न दवाव परेको भन्दै हन्टको भनाई लेखिएको छ, नेपाली राष्ट्रवादीबाट विरोध हुने डरले र सगरमाथा को पहिला भन्ने विवादलाई निरुपण गर्न मेमोलाई संसोधन गरियो । आरोहण दलले काठमाडौंमा सार्वज्निक गरेको भनाई अस्पष्ट थियो, हिलारीले त्यतिवेला काठमाडौंमा भनेका थिए, वरिपरि हिउँ नै हिउँ थियो, हिउँ खन्ने बञ्चरोको सहायताले केही दुरी पार गरेपछि हामी शिखरमा उभिएका थियौं ।
सुरुमा हिलारीले सगरमाथामा पाइला राखेको जानकारी प्राप्त भएपछि नोर्गेलाई अपमान गरिएको भन्दै नेपालमा वेलायती औपनिवेशविरुद्ध ठूलो विवाद सुरु भैसकेको थियो । विवादबाट जोगिन हिलारीले यस्तो वक्तव्य दिएका थिए, पुस्तकमा लेखिएको छ ।
बेलायती अधिकारीहरुको निर्णयमा तेञ्जिङलाई जर्ज मेडल दिइएको थियो भने हिलारीलाई नाइटहुड सम्मान दिइएको थियो । कन्फ्रे लेख्छन्, नार्गेलाई जर्ज मेडल दिनुको खास कारण भारतले उनी आफ्नो नागरिक भएको दावी गरेको थियो । हिलारीको सन् २००८ मा ८८ वर्षको उमेरमा निधन भएको थियो भने नार्गेको १९८६ मा ७१ वर्षको उमेरमा निधन भएको थियो । द सन्डे टाइम्सको सहयोगमा

Tata
GBIME
Zonsen