काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले सेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने भएको छ । बैंकले २५ प्रतिशत बोनस सेयर र १७.१० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकको अघिल्लो साता बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाबाट अनुमोदन भएपछि लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्ष बैंकले सात करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले अघिल्लो वर्ष पनि सेयरधनीलाई २५ प्रतिशत लाभांस वितरण गरेको थियो । अघिल्लो वर्ष बैंकले सात करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । १२ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको छिमेक विकास बैंकको सेयर अहिले प्रतिकित्ता ३८० रुपैयाँमा कारोवार भैरहेको छ ।