सुन तोलामा पाँच सय रुपैयाँ घट्यो, मूल्य ६१ हजार तीन सय, चाँदी उस्तै



बिजमाण्डू
२०६९ भदौ ३१ गते ००:०० | Sep 16, 2012
सुन तोलामा पाँच सय रुपैयाँ घट्यो, मूल्य ६१ हजार तीन सय, चाँदी उस्तै

काठमाडौं साताको पहिलो दिन आइतवार सुन तोलामा चार सय ६० रुपैया घटेर कारोवार भएको छ ।  गत शुक्रवार सुन एकै दिन तोलामा सात सय रुपैयाँ बढेर ६१ हजार सात सय ६० रुपैयामा कारोवार हुँदै नयाँ रेकर्ड कायम गरेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारको लागि सुन प्रति तोलाको ६१ हजार तीन सय रुपैयाँ तोकेको छ । केहि समय यता अन्तराष्ट्रिय बजारसगै नेपालको आन्तरिक बजारमा पनि सुनको मूल्य लगातार उकालो लागिरहँदा  साताको पहिलो दिन भने सुनको मुल्यमा केहि ब्रेक लागेको छ ।
नेपालमा चाढपर्वको सिजन सुरु भएको कारण  सुनको मुल्यसँगै माग पनि बढिरहेको छ जसको कारण केहि दिन यता नेपाली बजारमा सुनको अभाव देखिएको छ । आइतवार चाँदीको मुल्य भने स्थिर रहेको छ । गत शुक्रवार चाँदी तोलामा १५ रुपैया बढेर १२ सय १५ रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME
Zonsen