काठमाडौं साताको पहिलो दिन आइतवार सुन तोलामा चार सय ६० रुपैया घटेर कारोवार भएको छ । गत शुक्रवार सुन एकै दिन तोलामा सात सय रुपैयाँ बढेर ६१ हजार सात सय ६० रुपैयामा कारोवार हुँदै नयाँ रेकर्ड कायम गरेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारको लागि सुन प्रति तोलाको ६१ हजार तीन सय रुपैयाँ तोकेको छ । केहि समय यता अन्तराष्ट्रिय बजारसगै नेपालको आन्तरिक बजारमा पनि सुनको मूल्य लगातार उकालो लागिरहँदा साताको पहिलो दिन भने सुनको मुल्यमा केहि ब्रेक लागेको छ ।
नेपालमा चाढपर्वको सिजन सुरु भएको कारण सुनको मुल्यसँगै माग पनि बढिरहेको छ जसको कारण केहि दिन यता नेपाली बजारमा सुनको अभाव देखिएको छ । आइतवार चाँदीको मुल्य भने स्थिर रहेको छ । गत शुक्रवार चाँदी तोलामा १५ रुपैया बढेर १२ सय १५ रुपैयामा कारोवार भएको थियो ।