राजधानी चुच्चेपाटीमा खुल्यो सुज प्यालेस, बिजनेस क्लासदेखि साधरणसम्मलाई जुत्ता

बिजमाण्डू
२०६९ भदौ ३१ गते ००:०० | Sep 16, 2012

काठमाडौं । सवै प्रकारका जुत्ता एकै ठाउँमा उपलब्ध गराउने उदेश्यसहित राजधानीमा सुज प्यालेस सञ्चालनमा आएको छ । प्यालेसको नायक जीवन लुइँटेलले शनिबार उद्घाटन गरे । चावहिल चुच्चेपाटीमा रहेको प्यालेसमा कर्पोरेट, बिजनेस, अफिसियल, इकोनोमीक सबै वर्गलाई लक्ष्य गरी सामान्यदेखि प्रिमियमसम्मका स्वदेशी तथा विदेशी जुत्ताचप्पल राखिएको कम्पनीले जनाएको छ ।
प्यालेसमा सबै उमेर समूहका महिला तथा पुरुषका लागि आधुनिक मोडेलका फेसनेबल डिजाइनका स्पोर्टस, अफिसियल, पार्टी, क्याजुयल, स्कुल, कलेजका जुत्ता तथा चप्पल पाइने कम्पनीले जनाएको छ । कम्पनीले उद्घाटनको अवसरमा सुरुको पाँच दिनका लागि विशेष छुट एंव प्रिभिलेज कार्डको समेत व्यवस्था गरिएको जनाएको छ । कम्पनीले मुलुकमा अन्य सहरमा समेत यसको आउटलेट खोल्ने जानकारी दिएको छ ।

Tata
GBIME