काठमाडौं । हिमालयन बैक र चीनको कार्ड प्रदायक संस्था चाइना युनियन पेबीच कार्ड प्रयोग सम्वन्धी सम्झौता भएको छ । यो सम्झौतापछि बैकिङ प्रयोजनका लागि कार्ड मुलुकभर चल्नेछ । हिमालयन बैकको ९ सय तथा अल्पाइन कार्डसको ९ सय ५० पीएसओ सेवा केन्द्रका युनियन पेको कार्ड प्रयोग गर्न सकिनेछ । सोही कार्डलाई हिमालयन बैकको ७२ र स्मार्ट च्वाईस टेक्नोलोजीका ११ सयभन्दा बढी एटीएम मेसिनमा प्रयोग गर्न सकिनेछ ।
