
काठमाडौं । चालु आर्थिक वर्षको तेश्रो सातामा सेयर बजारमा अति न्यून गिरावट देखिएको छ । असार महिनामा प्रायः बिक्रिको चाप हुन गई सेयरको मूल्य घटने र नेप्से परिसूचक घटने ट्रेन्ड रहे पनि चालु आर्थिक वर्षको अन्तिम महिनामा बजार स्थिर देखियो । यस साता बिक्रीको खासै चाप नभएका कारण बजार स्थिर दखिएको ब्रोकरहरुको भनाई छ ।
यस साता शेयर बजारको समग्र परिसूचक नेप्से ०.०९ प्रतिसतले विन्दुले मात्रै घटेको छ । अधिल्लो साताको कारोबारपछि ३७७.४७ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको कारोबारपछि विहिवार ३७७.३८ मा रहेको छ । साप्ताहिक रुपमा खासै ठुलो गिराबट नआए पनि साताभरी नै बजारमा उतारचढाव देखियो । सुरुका दुई दिन लगातार घटेर ३७२.९२ विन्दुमा पुगे पनि पछिल्ला तीन दिनमा भएका बृद्धिका कारण ठुलो गिरावट हुनबाट जोगिएको हो ।
समग्र नेप्से परिसूचकमा ह्रास देखिएपनि क वर्गका कम्पनीहरुको मुल्यमा भएको उतारचढावका अनुसार गणना हुने सेन्सेटिभ परिसूचकमा भने ०.०६ अंकको सामान्य बृद्धि देखिएको छ । यो बृद्धिले क वर्गमा सूचिकृत कम्पनीको समग्र बजारमूल्यमा केहि मात्रामा बृद्धि भएको दखाउँछ । गत साता ९६.९८ विन्दुमा रहेको सेन्सेटिभ परिसूचक सप्ताहान्तको कारोबार पछि ९७.०२ विन्दुमा रहेको छ ।
आर्थिक वर्षको अन्तिम महिनाको प्रबृत्तिलाई हेर्दा आगामि सातामा पनि बजारमा खासै ठुलो परिवर्तन आउने संभावना देखिंदैन । मुलुकमा राजनीतिक अन्यौलता कायमै रहेको र आर्थिक गतिविधीमा समेत सुस्तता देखिएकाले लगानीकर्तामा विश्वास वढन नसकेको बुझ्न सकिन्छ ।