
काठमाडौं । नेपाहिमा ट्रेड लिंकले सोनीकानयाँ मोडलका डिजिटल क्यामरा नेपाली बजारमा ल्याएको छ । कम्पनीले १४ वटा नयाँ मोडलका साइबरसट डिजिटल क्यामरा बजारमा ल्याएको हो । कम्पनीले विहिवार राजधानीमा कार्यक्रम गरी नयाँ मोडल बजारमा ल्याएको हो ।
सोनीका डब्लु सिरिजका डब्लु–६१०, डब्लु–६२०, डब्लु–६३०, डब्लु–६५०, डब्लु–६७० र डब्लु–६९० मोडेलका क्यामरा नेपाली बजारमा ल्याएको हो । यस्तै डब्लुएक्स सिरिजका डब्लुएक्स–५० र डब्लुएक्स–१०० मोडलका पनि बजारमा ल्याएको छ । एचएक्स सिरिजमा एचएक्स–२०–भी, एचएक्स–२००–भी र एचएक्स–१०–भी मोडल बजारमा आएका छन् । टिएक्स सिरिज अन्तर्गत टिएक्स–२०, टिएक्स–६६ र एच सिरिजको एच–९० मोडेल बजारमा आएको छ ।