कुबेरसिंह राना नेपाल प्रहरीको नयाँ बोस बने, राना महानिरीक्षकमा नियुक्त

बिजमाण्डू
२०६९ भदौ २८ गते ००:०० | Sep 13, 2012
कुबेरसिंह राना नेपाल प्रहरीको नयाँ बोस बने, राना महानिरीक्षकमा नियुक्त


काठमाडौं । सरकारले कुबेर सिंह रानालाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रानालाई आईजीपी नियुक्त गरेको हो ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको सिफारिसमा मन्त्री परिषद बैठकले रानालाई प्रहरी महानिरीक्षक नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए । आईजीपीका लागि दाबेदार तीनमध्ये राना सबैभन्दा वरिष्ट हुन् । उनी महानगरीय आयुक्त कार्यालयका प्रमुख थिए ।
सरकारले कामु तोक्न नसक्दा आईजीपी रविन्द्रप्रताप शाह बिदामा बस्न पाएका थिएनन् । उनी एक महिनाअघि नै बिदामा बस्नुपर्ने थियो । शाहले शुक्रबार अवकास पाउने भएपछि सरकारलाई बिहीबार नै नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने दबाब थियो ।

Tata
GBIME
Nepal Life